चलचित्र ‘जय हो’लाई टेक पौरखी राईले निर्देशन गर्ने

डिसी नेपाल
४ पुष २०७९ १७:४८

काठमाडौं । शोभित बस्नेत प्रस्तुतकर्ता रहने सिनेमा ‘जय हो’काे निर्देशकमा टेक पौरखी राई फाइनल भएका छन् ।

सोमबार निर्माण कम्पनि सलोन सलिना फिल्म्स र निर्देशक टेक पौरखी राईबीच लिखित सम्झौता भयो । सलोन बस्नेत स्टारर सिनेमालाई अब टेकले निर्देशन गर्नेछन् ।

माघ अन्तिम सातादेखि छायांकनमा जाने सिनेमालाई काठमाडौँ, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा खिचिनेछ ।

सुरेश न्यौपानेको कथा रहेको सिनेमामा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् । अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ ।

एक्सन लभस्टोरी सिनेमामा सागर आले मगरले संगीत भर्नेछन् । सागर ‘नेपाल आइडल– सिजन १’का थर्ड रनरअप हुन् ।

‘जय हो’मा राज के अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । सिनेमामा राम्जी राउत क्रियटिभ निर्देशक निर्देशकको रुपमा रहनेछन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *