मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री खुला

डिसी नेपाल
१० फागुन २०७९ ९:४८

काठमाडौँ। मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ आज (बुधबार, फागुन १० गते)देखि बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ५ लाख ४२ हजार ५८३ कित्ता आईपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँबराबरको आईपीओ बिक्री गर्न लागेको हो।

कम्पनीले जारी गर्ने आईपीओ मध्ये आयोजना अतिप्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानीयलाई २ लाख ७१ हजार २९२ कित्ता र संखुवासभा जिल्लाका अन्य क्षेत्रका स्थानीयका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ।

यसैगरी कम्पनीले सर्वसाधारणलाई निष्कासन गरिने कुल सेयर संख्याको १० प्रतिशतबराबर हुन १ लाख ८ हजार ५१७ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने भएको छ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम एनआईसी एसिया क्यापिटलले गर्नेछ। यस आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यस आईपीओ वैदेशिक रोजगारीमा रहेकाले भने फागुन २५ गतेसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द पनि छिटोमा फागुन २५ गते र ढिलोमा चैत ९ गते बैंकिङ समयपछि बन्द हुनेछ।

स्थानीयाले आयोजनास्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *