धितोपत्र बोर्डद्वारा थप ५ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान

डिसी नेपाल
१ भदौ २०८० ११:०७

काठमाडौ । नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरलाई लाइसेन्स प्रदान गरेको छ ।

बोर्डले साउन ३२ गते थप ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स विरतरण गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए । आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरुलाई लाइसेन्स दिइएको बोर्डले जानकारी गराएको छ ।

लाइसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सेक्युरिटिज रहेका छन् । यी समेत गरेर लाइसेन्स पाउने ब्रोकरको संख्या ३७ पुगेको छ ।

यसअघि पहिलो चरणमा लाइसेन्स पाउँने ७ वटा ब्रोकर कम्पनीहरुले आक्रामक रुपमा कारोबार सुरु गरिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *