रुसी सेनामा भर्ती भएका ३ नेपालीको मृत्यु

डिसी नेपाल
१३ मंसिर २०८० ९:०७

काठमाडौं। रुसी सेनामा कार्यरत तीनजना नेपालीको मृत्यु भएको छ।

मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार-५ का प्रितम कार्की, दोलखाको मेलुङ-६ का राजकुमार रोक्का र इलाम-५ का गंगाराज मोक्तान रहेका छन्।​

दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार उनीहरूको गत १५ नोभेम्बर (२९ कात्तिक) गते मृत्यु भएको हो। रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना सार्वजनिक भइरहेका बेला तीन नेपाली मारिएको घटना सार्वजनिक भएको हो। ​

उनीहरूको गत २९ कात्तिक भाइटीकाका दिन एकैसाथ मृत्यु भए पनि परिवारले दुई सातापछि मात्रै खबर पाएका हुन्।

रुस-युक्रेन युद्धमा रुसका पक्षबाट लड्न २ सय नेपाली कार्यरत रहेको अनुमान गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *