संकटमा प्रचण्ड सरकार

डिसी नेपाल
१२ वैशाख २०८१ ७:२८

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने गृहकार्य सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारको विकल्प’bout छलफल थालेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)सँग मिलेर कांग्रेसले प्रचण्ड नेतृत्वको सरकार ढाल्न खोजेको हो ।

गत २१ फागुनमा प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएका थिए । त्यसअघि एमालेसँग मिलेर प्रधानमन्त्री बनेका ३२ सिटे माओवादी अध्यक्ष प्रचण्ड एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग मिल्न पुगेका थिए । पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले गठबन्धन हेराफेरी गर्न थालेपछि राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउनुपर्ने निष्कर्षमा कांग्रेस पुगेको हो ।

कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने गृहकार्य थाले पनि कुनै ठोस निष्कर्ष आउन भने सकेको छैन । स्रोतका अनुसार कांग्रेस र एमाले नेताहरूबीच प्रचण्ड नेतृत्वको सरकारको विकल्प’bout छलफल भएको छ । कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवालीबीच यस विषयमा केही दिनअघि छलफल भएको बताइएको छ । छलफललाई निरन्तरता दिनेमा दुवै दलका नेताहरू सहमत भएका छन् ।

चार नेताबीच छलफलपश्चात् उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत यस विषयमा छलफल गरेका थिए । तर, ओली भने अहिले नै प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने समय नभएको बताउँदै अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा उभिएका छन् ।

तेस्रो ठूलो दल माओवादी केन्द्रलाई बोक्नुभन्दा दुई ठूला दल एमाले र कांग्रेस मिलेर सरकार बनाउँदा स्थायित्व हुने’boutमा नेताहरूबीच सकारात्मक छलफल भएको स्रोतको दाबी छ । कांग्रेसको सो प्रस्ताव एमाले अध्यक्ष ओलीले तत्काल स्वीकार नगरे पनि कांग्रेसलाई टाढा पनि जान नदिने रणनीति लिएका छन् । संघीय र प्रदेश सरकारको घटनाक्रमलाई लिएर आगामी दिनमा एमालेले केही निर्णय लिनसक्ने दाबी स्रोतको छ ।

सोही छलफलका आधारमा गत ८ वैशाखमा इलाम पुगेका कांग्रेस महामन्त्री थापाले अहिलेको गठबन्धन धेरै दिन नटिक्ने दाबी गरे । माघभन्दा उता नजाने ठोकुवा गरेका थापाले यो गठबन्धन छिट्टै नै भत्किने दाबीसमेत गरेका थिए । थापाले माघसम्मको समयसीमा तोके पनि कांग्रेसका कतिपय नेताले जेठभित्रैमा यो गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउन खोजेका छन् ।

गत साता कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफललाई समेत चासोका साथ हेरिएको छ । पछिल्लो समय नेपालले आफूहरूले सहज महसुस नगरेको भन्दै गठबन्धन टिक्नेमै आशंका व्यक्त गरिसकेका छन् । नेपालको सो भनाइसँगै भित्रभित्रै केही नयाँ विषयमा छलफल भएको भन्ने आँकलनसमेत राजनीतिक वृत्तमा भइरहेको छ ।

यसैबीच, पछिल्लो राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा प्रधानमन्त्री प्रचण्डले छलफल गरेका छन् । एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग मंगलबार प्रधानमन्त्री प्रचण्डले छुट्टाछुट्टै छलफल गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षालगायत प्रदेशमा सरकार विस्तारको विषयमा छलफल भएको बताइएको छ । गठबन्धनमा रहेको एकीकृत समाजवादी असन्तुष्ट रहेको, लुम्बिनीबाट जसपाले सरकार छोडेको विषयमा समेत छलफल भएको बताइएको छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच बालुवाटारमा छलफल भएको हो । दुई नेताबीच इलामको चियाका समस्या’का विषयमा छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । इलामका चिया व्यवसायीले पूर्वप्रधानमन्त्री खनाललाई भेटी चियाका समस्याका विषयमा जानकारी गराएपछि खनालले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

भारतीय पक्षले नेपालको चिया लान छोडेपछि इलामका उद्योगपति र किसानहरू मर्कामा परेका छन् । डेढ वर्षअघि पनि भारतले नेपालको चिया आयातमा रोक लगाएको थियो । तर, नेपालको पहलपछि चिया नियमित किनबेच भइरहेको थियो ।

राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *