ए गाँठे - इन्जिनियर राकेश कार्की

१३ बैशाख २०७४

banner

                      गजल

                      ए गाँठे


कुन मन्त्रिणी हुन् पहिरि झल्झल मोती ए गाँठे
आम्मै लटरम्मै भरिएका कानका लोती ए गाँठे

हेलिकोप्टरबाट ओर्लेर हात हल्लाएर हाँसेकि
ङिच्च देख्छु सुनका दाँत थियौ थोती ए गाँठे

साथमा मन्त्रीज्यू त हाम्रै चाउरे पो रैछ
बदली पहिरन छोडेछ लाउन धोती ए गाँठे

साथ दिइयो पछि पछि लडियो भिडियो मरियो
फलाउलान् त मंत्रालयमा गाँस हलो जोती ए गाँठे

मन्त्रीज्यूलाई भन्दा नि ल्याउछु भन्ने सुखलाई
स्वागत गर्दैछौँ बाटोभरि आश पोती ए गाँठे

इन्जिनियर राकेश कार्की
लस एन्जेलस
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »