विधुवा

१७ बैशाख २०७४

हावाको झोक्का भएर आयो
फैलाइ दिएँ तन खुलाई दिएँ मन
म त्यहि सुस्केरा संगै लहराए
त्यसरीनै चट्कै छोडेर गयो
म सुनसानमा एकोहोरो टोलाई रहे
त्यो एक्लो बर वा पिपल जस्तै ।

नत आउँछु है भनेर सोधेको थियो
नत जान्छु है भनेर सोध्यो
चलायो ,बहलायो गयो
बिल्कुल त्यहि बर बिनाको चौतारी जस्तै भएँ ।।

आजभोलि आउँछन् कयौ यो मनको आप्रवासीहरु
विभिन्न भलाकुसारी गर्छन्
भेटिन्छन्, मिठा कुरा हुन्छन्, छुट्टिन्छन्
आजभोली जीवन खास लाग्दैन् ।।।

कहिले झुल्के घाम पर्खिएको हुन्छु
कहिले झम्के साँझ पर्खिएको हुन्छु
कहिले वर्षाद्, कहिले हिउँद
यादहरुको पर्खाइमा नै बित्ने भयो
यो जिन्दगी ।।।।


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »