अनुसन्धान भन्छ- 'धेरैबेर मोवाइल चलाउने बच्चा चाँडो बोल्न सक्दैनन्'

२५ बैशाख २०७४

banner


काठमाण्डौ। आफ्ना बच्चाहरुलाई खुशि पार्छु भन्दै धेरै समय मोवाइल चलाउन दिनुहुने अभिभावकको लागि नराम्रो खबर छ । धेरै समय स्मार्टफोन तथा ट्याब्लेट चलाउने साना बच्चाहरुको बोली निस्कने समय ढिलो हुने एक अध्ययनले देखाएको छ ।

क्यानडाको टोरन्टोमा चार बर्ष लगाएर गरिएको अनुसन्धानले धेरै समय स्मार्टफोन चलाउने बालबालिकाको बोल्ने विकासमा नराम्रो असर पर्ने निष्कर्ष निकालेको छ । अनुसन्धानमा ६ महिनादेखि २ बर्ष उमेरका ८ सय ९४ बालबालिकालाई सहभागि गराइएको थियो ।

अनुसन्धानका क्रममा बालबालिकाले जति बढी समय मोवाइल लगायतका साधनहरुसँग बिताए त्यति नै उनिहरुको बोल्ने क्षमता कमजोर हुँदै गएको तथा बोल्ने विकास ढिलो हुँदै गएको डाटा तयार भएको छ । बालबालिकाको औषत मोवाइल चलाउने समयलाई ३० प्रतिशत बढाउँदा उनिहरुको बोल्ने क्षमतामा ४९ प्रतिशतले ह्रास आएको पाइयो । 

अनुसन्धानकर्ताहरुले हातमा चलाइने मोवाइल जस्ता उपकरणहरु संसारभरि सहजै उपलब्ध भएपनि बालबालिकाहरुमा यसको प्रयोगले नकारात्मक असर पार्ने भन्दै उनीहरुलाई सानो उमेरमै स्मार्टफोनहरु चलाउन नदिन सुझाएको छ ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »