विश्वासै गर्न नसकिने नाता छ यी दुईको

३० बैशाख २०७४

banner

एजेन्सी । फोटोमा देखिएका युवक र युवतीबीच के नाता छ के तपाइँ अनुमान गर्न सक्नुहुन्छ । तपाइँले केही अनुमान पक्कै गर्नुभयो होला तर अधिकांश अनुमान गलत सावित भएको छ । फोटोमा देखिएकी लिउ एनिलको यी युवासँगको नाता विश्वासै नलाग्ने छ । यी दुई आमा छोरा हुन् । 
चिनकी लिउका एक फ्यानले उनको फिगर र लुकबाट प्रभावित भएर एक आर्टिकल नै छापे त्यसपछि उनी संसारको नजरमा चर्चित बनेकी हुन् । लिउ चिनको हैनान प्रान्तमा सन् १९६८ मा जन्मिएकी हुन् । अहिले उनी ४९ वर्षकी भइन् । उनले आफूलाई ४९ वर्षको बताउँदा धेरैले विश्वस गर्दैनन् । तर, जब विश्वास हुन्छ तब उनीहरुले जवान देखिने टिप्स माग्न थाल्छन् । लाइब्रेरियनको काम गर्ने लिउ अहिले रिटायर भइसकेकी छिन् । उनले आफ्नो जवान लुकको श्रेय नियमित व्यायामलाई दिन्छिन् । लिउका अनुसार जब उनी आफ्ना छोरासँग बाहिर जान्छिन् धेरैले उनलाई छोराको गर्लफ्रेण्ड सम्झिन्छन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »