राष्ट्रपति भण्डारी स्वदेश फिर्ता (फोटो फिचर)

२ जेठ २०७४

banner

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्किएकी छिन् ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उहाँ गत वैशाख २९ गते त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपतिको भ्रमणबारे जानकारी गराउँदै सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न थप मद्धत मिलेको बताइन् । “निकै लामो समयको अन्तरालमा नेपालको राष्ट्र प्रमुखबाट भएको यस भ्रमणलाई श्रीलङ्का सरकारले उच्च सम्मान व्यक्त गरेको महसुस गरेका छौँ”– उनले भनिन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »