कुवेतमा ब्रेन ट्यूमरका कारण मानसिक सन्तुलन गुमाउन पुगेका अमरद्वारा सहयोगको अपिल

३ जेठ २०७४

banner

कुवेत - सुर्खेत गुमिका अमर बहादुर बुढा कुवेतमा गम्भीर बीरामीका कारण मानसिक सन्तुलन गुमाउन पुगेका छन्। ब्रेन ट्यूमर भएर लगातार दोस्रो पटक सम्म अप्रेसन गर्दा पनी स्वास्थ्यमा केही सुधार आएको छैन भने देब्रे आँखाले देख्न छोडेको बताउछन उनि।

बिस्तारै नशा सम्बन्धि रोगले च्याप्दै गर्दा कहीले हात त कहीले खुट्टा चल्दैन। पछील्लो पटक डाक्टरले पनी हार मान्दै बुढालार्इ नेपाल जान सल्लाह दिएको छ । तर कम्पनिले बुढालाई छुट्टि नदिएको बुझीएको छ ।

आर्थिक अवस्था सबल बनाउन भनी प्रेदश आएका बुढ़ा आंफै गम्भीर रोगले थलिएपछी थप आर्थिक र मानसिक पीडामा पर्न बाध्य भएका छन् । उनले आफुलार्इ स्वदेश फिर्नको सागी सहज ब्यावस्था मिलाइ दिन र रोग उपचारको लागी आर्थिक सहयोग गरिदिन राजदूतावास कुवेत,  कृयाशिल सम्पूर्ण संघ संस्था लगायत आम नेपालीहरुमा अनुरोध गरेका छन् ।

उनि टान्जिप्को कम्पनीमा अप्रिल २०११ मा आएका हुन् । उनलार्इ भेट्न चाहाने तथा सहयोग गर्न चाहने दाताहरुले निम्न फोन नम्बर( 00965-67087075/00965- 67636759)मा सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »