डाक्टरको गृहनगरमा इन्जिनियर विजयी

४ जेठ २०७४

banner

गोरखा । गोरखा पालुङटार नगरपालिकाको मेयरमा इन्जिनियर दीपकबाबु कँडेल विजयी भएका छन्।

नयाँ शक्ति नेपालका संयोजक भट्टराईको गृहनगरसमेत रहेको पालुङटारको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार कँडेल विजयी भएका हुन्।

उनले ४ हजार ६९८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धि माओवादी केन्द्रका गुणराज देवकोटाले ४ हजार ४९१ मत ल्याए। नयाँ शक्तिका मेयर उम्मेदवारले ३ हजार ९८० मत ल्याए। आजको कारोबार दैनिकले खबर छापेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »