जग्गा विवादमा ईट्टा प्राहार गरेर भाइले लिए दाइको ज्यान

५ जेठ २०७४

banner

रुपन्देही । जग्गा विवादमा आफ्नै भाइले दाजुको ज्यान लिएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ कटानी स्थित निर्माणाधिन घरमा काम गरिरहेका बेला ४५ वर्षीय तिलबहादुर थापालाई उनकै सहोदर भाइ ३६ वर्षीय श्यामबहादुर थापाले हत्या गरेका प्रहरीले जनाएको छ। 

जग्गाको बिषयमा विवाद भएका कारण ईट्टाले टाउकोमा प्रहार गरेर उनको ज्यान लिएका हुन्। गम्भीर घाईते अवस्थामा उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लैजाने क्रममा बिहीबार बाटोमै उनको मृत्यु भएको हो। 

फरार श्यामबहादुरको प्रहरीले खोजतलास गर्नुका साथै थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »