संसदमा संबोधन गरेर प्रधानमन्त्रीले राजिनामा दिने

५ जेठ २०७४

banner

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले चुनावी परिणाम अनपेक्षित बताएको छ। सोचेभन्दा कम मत पाएको निष्कर्ष सुनाउँदै पार्टी प्रवक्ता पम्फा भुसालले आफूहरूले प्रचारको समय नै नपाएको बताएकी छन्। तर हारमा पनि सन्तोष लागेको भन्दै आफ्ना एजेण्डाले जितेका उनले दावी गरिन्। उनले दोस्रो चरणको चुनावमा प्रयाप्त तयारी गरेर जाने भन्दै त्यो बेला अहिले भन्दा धेरै राम्रो परणाम आउने बताइन्।

शुक्रबार सम्मको मत परिणामबारे पत्रकारहरूसँग प्रतिकृया दिदै भुसालले चुनाव विरोधी भनेर लागेको आरोप खण्डन गरिएको र पार्टीको हार सहेर पनि मुलुकले चाहेको चुनावमा नेतृत्व गरेको भन्दै गर्व लागेको सुनाइन्।

भुसालले नेपाली कांग्रेससँग भएको भद्र सहमति अनुसार नै आफूहरूले सत्ता छाड्न पनि स्पष्ट पारिन्। उनले भनिन् ‘अब बस्ने संसद बैठकमा संबोधन गरेर प्रधानमन्त्रीले राजिनामा दिनुहुन्छ र कांग्रेसले सरकारको नेतृत्व ग्रहण गर्छ।’

Leave a reply

HTML Tags are not supported

Post My Comment »