भरतपुर महानगरपालिकामा मतगणना स्थगित 

५ जेठ २०७४

banner

काठमाडौँ । भरतपुर महानगरपालिकामा मतगणना स्थगित भएको छ। महानगरको ९ नम्बर वडामा पुन मतगणना गर्नुपर्ने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले माग गरेपछि मतगणना स्थगित भएको हो। 

अहिले सम्म प्राप्त जानकारी अनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको पक्षमा १५१५५  मत प्रात गरेक छन् भने देवी ज्ञवालीले १४८०९ मत पाएका छन् ।  

हिजो बिहीबार रातीसम्मको एमाले अग्रतालाई तोड्दै रेणु दाहालका पक्षमा आज शुक्रबार भने निकै प्रतिस्पर्धी मत आएको छ। कांग्रेस माओवादीको गठबन्धनबाट रेणु दाहाल उम्मेदवार बनेकी हुन्। 

मत गणनामा धाँधली भएको भन्दै कांग्रेस एमालेले ९ नम्बर वडाको मत पुन गणना गर्न माग गरेका हुन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »