पोखरा महानगरमा कांग्रेस भन्दा एमालेका उम्मेदवार ४९५ मतले अगाडी 

५ जेठ २०७४

banner

पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा अहिले जारी मतगणनामा नेपाली कांग्रेस भन्दा नेकपा एमालेका उम्मेदवार ४९५ मते अगाडी रहेका छन्। अहिलेसम्म प्राप्त जानकारी अनुसार नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसीले १४३९५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवरले १३९०० मत ल्याएका छन्। 

३२ वडा रहेको पोखरा लेखनाथ महानगरपालिकामा शुक्रबार साँझसम्म जम्मा ११ वटा वडाको मात्रै मतगणना सम्पन्न भएको छ। जसमध्ये नेकपा एमालेले वटा वडामा विजय प्राप्त गरेको छ भने नेपाली कांग्रेस वटा वडामा विजयी भएको छ। 

अहिलेसम्म ९ वटा वडाको मत परिणाम आईसकेको छ। जस मध्ये वडा नम्बर १, ५, ७ र ८ नम्बर वडाको अध्यक्षमा एमाले विजय भएको छ भने  वडा २, ३, ४ , ६ र ९, १०, ११  को अध्यक्षमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »