दोस्रो चरणको निर्वाचनमा रातो मसीबाट मत सङ्केत गर्ने निर्णय

५ जेठ २०७४

banner

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातो रङको मसी प्रयोग गरी मत सङ्केत गराउने निर्णय गरेको छ।आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारसँग कुरा गर्दै दोस्रो चरणमा स्वस्तिक छापमा रातो रङको लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिएका छन्।

पहिलो चरणमा नीलो रङको मसीको प्रयोग गरी मत सङ्केत गरिएको थियो। दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नं १, २, ५ र ७ का ४१ जिल्लामा यही जेठ ३१ गते हुँदैछ । नीलो मसीबाट गरिएको मत सङ्केतले मतगणनामा केही असहजता देखिएको गुनासो आएको थियो।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भन्नुभयो, “दोस्रो चरणको निर्वाचनका लागि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र सोही रङको मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरिएको छ।”

पहिलो चरणमा देखिएका कमजोरीलाई दोहरिन नदिन आयोगले निर्वाचनमा सुरक्षा रणनीति र मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने योजना बनाएको उनले जनाएका छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »