म्यादी प्रहरी र प्रहरीबिच झडप, चौकी मै तोडफोड

५ जेठ २०७४

banner

प्यूठान । स्थानीय तहको निर्वाचनका लागि खटिएका म्यादी प्रहरीले प्रहरी चौकीमा तोडफोग गरेका छन्।  प्युठानको मच्छीमा रहेको चौकीमा रहेका प्रहरी र म्यादी प्रहरीबीच विवाद हुँदा चौकीमा तोडफोड भएको छ। 

झिमरुक गाउँपालिकाको मतदान केन्द्रमा खटिएका म्यादीले प्रहरीले आफुँहरुलाई कुटपिट गरेको भन्दै चौकीमै तोडफोड गरेका हुन्। प्रहरीबिचकोआपसमा विवाद हुँदा प्रहरी र म्यादी प्रहरीबीच दोहोरो झडप समेत भएको जनाईएको छ। 

झडपका क्रममा म्यादी प्रहरीले कार्यालयमा ढुंगामुढा प्रहार गरेपछि झ्यालढोकाका सिसा समेत फुटेका छन्। केही समय अगाडी मात्रै सम्पन्न म्यादी प्रहरीको तालिममा एक प्रहरी सहायक निरीक्षकले म्यादी प्रहरीलाई छातीमा हानेको भन्दै म्यादी प्रहरीले आक्रोश पोखेको बताईएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »