काठमाडौँ महानगरका १३ स्थानमा मतगणना, अग्रस्थानमा विद्यासुन्दर, तेस्रोमा रञ्जु दर्शना 

५ जेठ २०७४

banner

काठमाडौँ । आजदेखि  काठमाडौँ महानगरपालिकाका १३ स्थानमा मतगणना सुरु गरिएको छ ।  थप तीन वटा वडाको मतगणना आज सुरु गरिएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले जानकारी जानकारी गराएका छन् । उनका अनुसार वडा नं ५, ६ र ७ को मतगणना गर्न थालिएको हो । यसअघि महानगरका वडा नं २ देखि ४ र वडा नं २५ देखि ३२ वडाका ११ स्थानमा मतगणना सुरु गरिएको थियो । 

अहिलेसम्म वडा नं १ र २ को मतमणना मात्र सकिएको छ । यसैगरी कामपाको मतगणनामा अहिलेसम्म नेकपा (एमाले)को अग्रता कायमै छ ।शुक्रबार साँझ सम्ममा महानगरपालिका प्रमुखमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्य ११ हजार पाँच सय ५९ मतसहित अग्रस्थानमा छन् भने नेपाली काँग्रेसका राजुराज जोशीले सात हजार पाँच सय ५४ मत प्राप्त गरेका छन्। 

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले चार हजार पाँच सय २५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छन् भने, साझा पार्टीका किशोर थापाले तीन हजार पाँच सय ४६ र नेकपा (माओवादी केन्द्र)का सर्वोत्तमदास डङ्गोलले एक हजार तीन सय १० मत प्राप्त गरेका छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »