काठमाडौँ महानगरपालिका वडा नम्बर २७ मा एमाले विजयी

५ जेठ २०७४

banner

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं २७ मा नेकपा (एमाले) विजयी भएको छ । एमालेका चिनियामान महर्जनले एक हजार ५६८ मत ल्याई विजयी हुनुभएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका योगेश खड्कीले एक हजार ३५८ मत प्राप्त गरेका थिए।

त्यसैगरी महिला सदस्यमा उर्मिला महर्जन, खुला सदस्यमा रमेशमान महर्जन र परिवेशमान महर्जन निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । उक्त वडामा दलित महिलाको उम्मेदवारी परेको थिएन । यस वडामा तीन हजार सात सय ७५ मत खसेकोमा ९९ मत बदर भएको थियो। रासस 

Leave a reply

HTML Tags are not supported

Post My Comment »