कविता - देशले अपिल गर्यो -बाबुराम पन्थी 'गुल्मेली'

२ अषाढ २०७४

banner

नरोकी  पाइला जुलुसमा जो अगाडी बड्दै गए
ठोक्यो गोली त्यो छातीमा कठै शहिद  उनी भए
ति शैल झुकेर कहिले भन ए नेता हो तिमी सरी
झुकेनन् शिर सपुतका कैल्यै बने ती शहिद मरी

बाबा आमा श्रीमती लाला बाला पनी त हुँदा हुन्
सपूत दिए आहूती देश लाई संझी उनी रूँदा हुन् 
गयौ  टपक्क  चुँडी  फूल मन्दिरमा चढाए  सरी 
युगौ अमर हुनेछौ वीर सपूत चम्किलो तारा बनी

गोटी राजनितीको बन्यौ याँहा ती दुष्ट राज गरे
असुली अनेक कर जन बाट भूँडी ती आफ्नै भरे 
कमाए पुस्तौ पुग्ने अकूत सम्पत्ती  ब्रम्हलुटै गरी 
माथी भेरी कर्णाली मर्छ जनता कुपोषणमा परी

व्यर्थ भाषण सुन्दै उसकै तिमीले भोट दिदै आयौ
उ बस्यो सिंहासनमा तिमी त झन् गरिब हुँदै गयौ
कती कू  कर्म छन्  उसका तिमी  आफै जान्दछौ 
चुनाव आँउछ जब फेरी किन  उसै लाई छान्दछौ 

चिन्ता गर्दछौ देशको भने नेता बदल्न सक्नु पर्यो
गर्छौ चाहना बदल्न नेता सोंच बदल्नु सक्नु पर्यो 
सधै किन आन्दोलनमा जनता गोली खाएर मर्यो 
तिमी  सचेत हुनै पर्छ  जनता देशले अपिल गर्यो

            बाबुराम पन्थी 'गुल्मेली'
                 तम्घास, गुल्मी 

Leave a reply

HTML Tags are not supported

Post My Comment »