सरकारको बेवास्ता बीच नागरिक स्तरबाट धुमधामले मनाईयो २९५औँ पृथ्वी जयन्ती
News Updated By- Amrit Baniya    |   Posted From- Kathmandu     |     January 11, 2017  

काठमाडौँ, पुस २७ – २९५औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धुमधामका साथ मनाईएको छ ।

 

आज भन्दा करिब २५० वर्ष पहिले टुक्रा टुक्रा राज्यमा रहेको नेपालको एकीकरण गरेर सिङ्गो नेपालको निर्माण गरेका पृथ्वीनारायण शाहलाई नेपालीहरुले राष्ट्रिय एकताको प्रतिकका रुपमा मनाउँदै आएका छन् ।

 

बिगतमा पुस २७ लाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका रुपमा औपचारिक रुपले मनाउने र सार्बजनिक बिदा दिने गरिएता पनि २०६२-०६३ को परिवर्तनपछि सरकारले राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदा दिन छोडेको हो ।

 

हाल जनस्तरबाट पृथ्वी जयन्ती तथा एकता दिवसलाई औपचारिक मान्यता दिँदै सार्वजनिक बिदा दिनु पर्ने माग बढिरहेको छ । आज राष्ट्रिय दिवसको रुपमा बिदा दिने कुरा उठेपनि वास्तविकतामा त्यस्तो हुन नसकेको छ ।

 

यद्यपी बिभिन्न समूहमा आवद्ध ब्यक्तिहरुले आज बिहानै र्याली सहित पृथ्वीनारायण शाहको शालीकमा माल्यार्पण गरि पृथ्वीनारायाण शाह प्रति सम्मान प्रकट गरेका छन् ।

 

साथै उनीहरुले पृथ्वीनारायण शाहको योगदानको अबमूल्यन गरेको र सार्वजनिक बिदा नदिएको भन्दै सरकार प्रति आक्रोस समेत ब्यक्त गरेका छन् ।

 
 
 

More Daily Video News

Evening News, Jan 22

नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ। (Evening News, January 21, 2017, Source: News24 TV)