सालझन्डी गाविसद्धारा १ करोड ३३ लाख ४४ हजार को अनुमानित बजेट प्रस्तुत
News Updated By- Chandra Kanta Khanal    |   Posted From- Washington DC     |     January 11, 2017  

रुपन्देही २७ पुस- सालझण्डी गाउ बिकास समितिको गाउ परिषद सम्पन्न भएको छ ।

 

कार्यक्रममा आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै गाबिस सचिब सन्तकुमार चौधरीले आर्थिक बर्ष ०७४--७५ का लागि चालु तर्फ २६ लाख ७८ हजार २ सय रुपैया तथा पुंजिगत तर्फ १ करोड ६ लाख ६५ हजार ८ सय  गरि जम्मा १ करोड ३३ लाख ४४ हजार को अनुमानित बजेट प्रस्तुत गरेका थिए ।


रुपन्देही जिल्लामा स्थानिय तह पुनः संरचना आयोगबाट १६ वटा स्थानिय निकायमा समायोजन गरिसकेको अबस्थामा सालझण्डी गाबिस प्रचुर मात्रामा प्राकृतिक स्रोत साधन र  संभावना बोकेको क्षेत्र हो । यसको सन्तुलित र समुचित बिकासका लागि स्रोत साधनको उचित उपयोग गरि ब्यबस्थीत गर्नको लागि अझ अगाडी बढ्नुपर्ने अध्यक्षको प्रतिबेदनमा उल्लेख गरेको छ ।


सहकारी युक्त गाबिस तर्फ उन्मुख गराउन यस क्षेत्र भित्र रहेका सहकारीहरु सँग सहकार्यगरि सहकारी शिक्षा सबै वडाको टोल बस्तीमा पु¥याईने योजना रहेको छ । गाबिसको प्रत्येक वडामा रहेको सार्वजनीक जग्गा ब्यवस्थापनका लागि तत्काल योजना बनाई अगाडी बढने, गाबिसलाई बालमैत्री वातावरण बनाउनको लागि बाल अधिकार सम्बन्धी नीति लागु गरिने जस्ता निति तथा कार्यक्रमहरु सचिबको प्रतिबेदनमा रहेका छन् ।

 

कार्यक्रममा बोल्दै पुर्व संबिधान सभा सदस्य शारदा घिमिरेले योजना बिनियोजन गरेर मात्र नहुने भन्दै यसलाई पारदर्शी रुपमा कार्यवयनमा ल्याउनु पर्ने बताइन । बिकास निमार्णका आयोजनाहरु कार्यवयन गर्ने सवालमा राजनितिकरण गर्न नहुने उनको भनाई थियो ।

 

विकास निर्माणका  कार्यहरु तिव्र रुपमा अगि बढीरहेको अबस्थामा प्रहरी प्रशासनले सहयोग नगरेको नेकपा माओबादी केन्द्रका सालझण्डी सचिब नेत्र प्रसाद घिमिरेले बताएका छन् ।  गाविसको शैक्षिक संस्था मध्ये  माउ संस्था पशुपति माविले प्राविधिक शिक्षा सञ्चालनको लागि पहल गरेकोमा सम्पूर्ण सालझण्डी बासीले सहयोग गर्ने पनि कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।

 

विभिन्न पार्टि , सङ्गठनहरुले विभिन्न नाममा गर्ने हडताल सधैको लागि गाविसमा बन्द गर्नको लागि राजनीतिक दलका प्रतिनिधिलाई कार्यक्रममा सहभागी स्थानिय बुद्धिजिविहरुले उठेर दबाब दिएका थिए ।

गाबिस सचिव सन्तकुमार चौधरीको अध्यक्षता, पुर्व संबिधान सभा सदस्य शारदा घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मिन प्रसाद घिमिरे,नेत्र प्रसाद घिमिरे, लोकनारायण थापा, कुष्णराम रेग्मी, नारायण प्रसाद जोसी, होमनाथ अधिकारी, टेकनारायण रेग्मी, गोबिन्द्र पोखरेल, शान्ता पोखरेल,  अर्जुन घिमिरे ,गणेश पोख्रेल, युवराज पाण्डे, शन्तोष पन्थ लगाएतले बोलेका थिए ।

 
 
 

More Daily Video News

Evening News, Jan 22

नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ। (Evening News, January 21, 2017, Source: News24 TV)