पूर्वका थारुले माघीलाई आन्दोलन मानेर मनाउने
News Updated By- Rohit Luitel    |   Posted From- Washington Dc     |     January 11, 2017  

थारुले माघीलाई आन्दोलन मान्ने विराटनगरःथारु समुदायको लागि माघी निकै महत्व राख्ने चाड हो । तर, मोरङका थारु महिला भने माघीलाई आन्दोलनका रुपमा मनाउने तयारीमा लागेका छन् ।

 

थारु महिला सभा सम्बद्ध महिलाले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दैआफ्ना अधिकार स्थापित गराउनका लागि आन्दोलनका रुपमा मनाउने निर्णय गरेको जानकारी दिएको छ । संघीयतामा थारुको माग र मुद्दालाई सम्बोधन गराउन दबाब दिने उद्देश्यले आन्दोलनका रुपमा मनाउने तयारी गरिएको थारु महिला सभाकी अध्यक्ष कल्पना चौधरीले बताइन् ।

 

उनले भनिन्,‘सिध्राहा, लखन्तरी, झोराहाट तथा तेतरियाका महिलाको आयोजनामा हुने माघ २ गते महोत्सवलाई आन्दोलनको स्वरुपमै मनाउन लागेका छौं ।’

 

महोत्सवमा थारु खानाको परिकार, थारु भाषा नृत्य र नाटक पनि प्रदर्शन गरिने उनले बताइन् । माघीलाई थारुले नयाँ वर्षको उत्सवको रुपमा पनि मनाउने गर्छन ।

 
 
 

More Daily Video News

Evening News, Jan 22

नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ। (Evening News, January 21, 2017, Source: News24 TV)