धनुषबाण खेलप्रतियोगिता सगरमाथाआर्चरी क्लव विजयी
News Updated By- Chandra Kanta Khanal    |   Posted From- Washington DC     |     January 11, 2017  

रुपन्देही २७ पुस- बुटबलमा सम्पन्न धनुषवाण प्रतियोगितामा सगरमाथा आर्चरी क्लव भलवारी बिजयी भएको छ ।


बुटवल उप–महागनरपालिका १४ ढवाहमा आज भएको फाईनल खेलमा देवदह खैरेनी क्ललाई हराउदै सगरमाथाले प्रतियोगिता विजयी भएको हो । बिजयी भएसगै सगरमाथाले नगद २० हजार सहित कप प्राप्त गरयो ।


भने उपबिजेता देवदहले नगद १२ हजार सहित कप  दोश्रो पुस्कार हातपारेको थियो त्यसै गरि तेस्रोको लागि भएको प्रतियोगितामा थकालि सेवा समाज बुटवलले नगद ८ हजार र कप प्राप्त गरयो । प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो । समापन समारोहका प्रमुख अतिथि आदिवाशि जनजाति  जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्यालले  पुरस्कार बितरण गर्नुभयो ।


 छन्त्यालले तारा खेललाई राज्य स्तरबाट सहयोग हुन नसकेको  बताउनुभयो । छन्त्यालहरुको ऐतिहासिक खेल तारा खेलको संरक्षणको लागि छन्त्याल हरु आफै लागि पर्नुपर्ने भन्दै उहाले संस्कृतिलाई लोप हुन बाट जोगाउनु पर्नेमा जोड दिनुभयो ।


 नेपाल छन्त्याल संघ रुपन्देहीले छन्त्याल समुदायको राष्ट्रिय पर्व माघे संक्रान्तिको अवसरमा प्रतियोगिताको अयोजना गरेको हो । संघले हरेक बर्ष माघे संक्रान्तिको अवसरमा प्रतियोगिता आयोजना गदै आएको छ ।
माघे संक्रान्तिलाई छन्त्यालहरुले नया बर्षको रुपमा मनाउने गर्दछन ।

 

२५ गते देखी सुरु भएको माघे संक्रान्ति बिषेश कार्यक्रममा घैटो फोर, म्युजिकल चियर, रसाकसी, मिठाई खेल र सियोघागो खेल खेलाईएको थियो ।
भने उक्त खेलमा प्रथम र द्धितियलाई पुरस्कार बितरण गरिएको थियो । संघका जिल्ला अध्यक्ष्ँ भरत छन्त्यालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 
 
 

More Daily Video News

Evening News, Jan 22

नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ। (Evening News, January 21, 2017, Source: News24 TV)