खर्च लिएपनि कर्मचारी सरकारी पोसाक लगाउँदैनन्
News Updated By- Rohit Luitel    |   Posted From- Washington Dc     |     January 11, 2017  

 

विराटनगरः सरकारले पोसाक खर्च दिएपनि धेरै सरकारी कर्मचारीले लगाउँदैनन् ।


खर्च बापत पैसा दिएपनि कर्मचारीले पोसाक नलगाएको गुनासो आउन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको छ । 


अख्तियार इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईले कर्मचारीलाई कार्यालय आउदा अनिवार्य पोसाकमा आउन निर्देशन दिएका छन् ।


आयोगले बुधबार विराटनगरमा आयोजना गरेको भ्रष्टचार नियन्त्रणमा आयोगको भूमिका विषयका अन्तरक्रिया कार्यक्रममा भने,‘अनिवार्य रुपमा पोसाक लगाए नलगाएको अनुगमन हुनेछ ।’उनले कर्मचारीको छड्के अनुगमन गर्दा पोशाक नलाएको पाइएमा  छुटदिन नसक्ने पनि बताए । 


भ्रष्टाचर न्यूनीकरण गर्न राजनीतिक पार्टीहरु,सरकार र मन्त्री परिषदको नै प्रमुख भूमिका रहने उनले बताए । विराटनगर उपमहानगरपालिकाभित्र सञ्चालित परियोजनाको कामको पनि अनुगमन गरिरहेको उनले बताए । 

 
 
 

More Daily Video News

Evening News, Jan 22

नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ। (Evening News, January 21, 2017, Source: News24 TV)