पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईबाट अलग गरे देश कमजोर हुन्छ: नेता पोखरेल
News Updated By- Photographer Bishnupriya Rijal    |   Posted From- Washington DC     |     January 11, 2017  

पाल्पा, २७ पुस - नेकपा (एमाले) स्थायी समिति सदस्य शङ्कर पोखरेलले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईबाट अलग गरे देश कमजोर हुने बताउनुभएको छ ।

पाँच नम्बर प्रदेश विभाजनविरुद्ध संयुक्त सङ्घर्ष समितिको आयोजनामा आज तानसेनमा आयोजित विरोधसभामा उहाँले भन्नुभयो –सरकारले पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव नै षड्यन्त्रपूर्वक ल्याएको छ ।

नेता पोखरेलले अहिलेको अवस्थामा पहाड र तराईलाई छुट्याएर अलग अलग राज्य बनाउन कुनै हालतमा पनि दिन नहुने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले नेपाली जनताले छ दशकभन्दा बढी समय लडेर ल्याएको गणतन्त्र सङ्घीयताकै कारण धरापमा पर्न दिन नहुने धारणा व्यक्त गर्नुभयो ।

नेकपा मालेकी सांसद कमला विकले तराई र पहाडलाई अलग गर्नु उपयुक्त नभएको बताउँदै पाँच नम्बर प्रदेश विभाजनवरुद्ध संसद्मा निरन्तर कुरा उठाउने भन्नुभयो । रासस

 
 
 

More Daily Video News

Evening News, Jan 22

नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ। (Evening News, January 21, 2017, Source: News24 TV)