सर्लाही सेवा समाज र हिमालय वोर्ल्ड ट्राभल्सको आयोजनामा युएईमा "२८५३ औं सोनाम ल्होछार साँस्कृतीक साँझ" हुने
News by- Sandhya Paudel    |   From- युएई     |     2017/02/03
 

उत्तम बिक, युएई २२, डिसेम्बर सर्लाही सेवा समाज युएई र हिमालय वोर्ल्ड ट्राभल्स युएईको संयुक्त लगानीमा आगामी ३ फेब्रुअरी २०१७ का दिन युएईको राजधानी अबुधाबीमा २८५३ औ सोनाम ल्होछार सास्कृतिक साँझ हुने भएको छ ।

 

तराईका शितलहर तथा द्धन्द पिडित बालबालिकाको सहयोगार्थ आयोजना हुन लागेको उक्त ल्होछार सास्कृतिक साँझ कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरु गायक सुमन घले, गायिका तथा नृत्यकार प्रिती आलेमगर, गायिका टिका माया चोदेन, मोडल तथा नृत्यकार मल्लिका थोकर र सेलो तथा पप गायक फुर्बा स्याङ्बो दर्शकहरुलाई मनोरंजन दिन युएई आउने भएका छन् ।

 

नेपालका ख्यातिप्राप्त कलाकारहरु र युएईमा रहेका नेपाली कलाकारहरुको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम लगायत मगर समुदायको परम्परागत नृत्य सालैजोको समेत मनोरंजन लिन पाईने आयोजकले जानकारी गराएको छ  ।

 

सर्लाही सेवा समाज र हिमालय वोर्ल्ड ट्राभल्स एल.एल.सी को संयुक्त आयोजनामा हुने कार्यक्रम मार्फत संकलित रकमले तराईका शितलहर र द्धन्द पिडित बालबालिकाहरुलाई सहयोग गर्ने लक्ष्य रहेको सर्लाही सेवा समाज युएईका अध्यक्ष फणिन्द्र बलाम्पाकी मगरले जानकारी दिएका छन् ।

 

आगामी ३ फेब्रुअरी २०१७ शुक्रबारको दिन आबुधबिको फोल्कर थिएटर सेन्टरमा बिहान ११ बजेदेखि साँझ ८ बजे सम्म संचालन हुने उक्त सास्कृतिक साझामा विभिन्न संघ-सस्थाका प्रमुख, बुद्दिजिबी, समाजसेवी, पत्रकार लगायत सम्पूर्ण युएईबासि नेपाली दाजुभाई दिदीबहिनीहरु लाई कार्यक्रममा सहभागी भई सहयोग गरिदिनको लागि आयोजकले आग्रह समेत गरेको छ ।