गजल - के भा को !️

२६ अषाढ २०७४

                    गजल 
                  के भा को !️
 
चन्चले मन ऊ तिरै बहकिन थाल्छ के भा को ।
सम्झिन्न भन्छु उसकै याद आइहाल्छ के भा को ।।
 
हेर्छु कुनै केटीले लाईक गरे तिम्रो तस्बिर ।
भन्छिन दिल भित्रै पोलेर जल्छ के भा को ।।
 
लभ नै त पर्या छैन हुन ला गो के पो कुन्नि ।
भोक निन्द्रै खतम मन उतै बराल्छ के भा को ।।
 
भन्दै थिइ तिम्रो त अन्तै केटी होला खुशी हुनु ।
पाउदिन फेरी खै आशाहरु सगाल्छ के भा को ।।
 
तिमी मेरो लागी होइनौ थाहा छ ज्यानलाई ।
चलाख मन तन लाई छली हाम फाल्छ के भा को ।।

आर डी धनुश रानामगर 
       नवलपरासी
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »