केटासँगको चुम्बन बारे गायक थानेश्वर गौतमले खोले रहस्य

काठमाडौं । गायक तथा संगीतकार थानेश्वर गौतम पछिल्लो समय देश देखि विदेशसम्मका स्टेजमा निकै जम्ने गरेका छन् । हालै युरोपको विभिन्न देशमा नेपाली दर्शकहरुलाई नचाएर फर्किएका थानेश्वर अहिले संगीत भर्न र गीत रेकर्ड गर्न व्यस्त छन् । 

शास्त्रीय संगीतमा स्नातकोत्तर गरेका थानेश्वरले हरेक विधाका गीतहरु गाएका छन् । लोकगीत देखि आधुनिक, गजल, रोयला, फिल्मी गीतमा स्वर संगीत दिईसकेका थानेश्वरसँग डिसीनेपाल डटकमले रमाईलो कुराकानी गरेको छ । 

कुराकानीकै क्रममा गायक थानेश्वरले हरेक मानिसले सकारात्मक सोच राख्नुपर्ने भन्दै नकारात्मक सोच राख्ने मानिससँग धेरै रिस उठ्ने बताएका छन् । त्यस्तै उनले केटीलाई पहिलो पटक हेर्दा आँखामा आफ्नो ध्यान जाने बताएका छन् ।
भिडियोमा हेर्नुहोस् थानेश्वरसँगको रमाईलो कुराकानी 
 

Leave a reply

HTML Tags are not supported

Click on captcha to refresh

Post My Comment »