वरिष्ठ नेता नेपाल चीन प्रस्थान

डिसी नेपाल
२७ असार २०७५ ५:४५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुनका लागि चीनको गान्सु प्रान्ततर्फ प्रस्थान गरेका छन् ।

नेता नेपाल नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित गएराति प्रस्थान गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

उनिहरु यही जुलाई १५ मा फर्कनेछन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *