प्रदेश नं २ का ‘फरार’ राज्यमन्त्री शर्मालाई पक्राउ गर्न अदालतको आदेश

डिसी नेपाल
१७ साउन २०७५ १५:२५

महोत्तरी । प्रदेश नं २ सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न उच्च अदालत जनकपुरले परमादेश जारी गरेको छ।

असई थमन विकको हत्याका फरार अभियुक्त उनी राष्ट्रिय जनता पार्टी बाट प्रदेश नं २ सरकारमा राज्यमन्त्री बनेका हुन्। फरार भनिएका प्रतिवादीहरू सार्वजनिक पद धारण गरि खुलेआम हिँड्ेको भन्दै उच्च अदालत जनकपुरले बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा परमादेश जारी गरेको हो।

न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले प्रहरीलाई सचेत गराएको हो । मधेस आन्दोलनको क्रममा २०७२ भदौ २५ मा महोत्तरीको जलेश्वरमा भएको झडपका क्रममा सशस्त्र प्रहरीका असई थमन घाइते भएका थिए।

उपचारका लागि जनकपुरमा ल्याउने क्रममा एम्बुलेन्सबाटै थुतेर उनको हत्या भएको थियो। यो मुद्दामा महोत्तरिको जलेश्वर २ का मिश्रलिाल माझी, ३ का संजयकुमार साह र परिकौलीका मोहन ठाकुर थुनामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *