ढकाल भए कानुमन्त्री, अर्याललाई भूमिसुधारको जिम्मा

डिसी नेपाल
१८ साउन २०७५ ९:५४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद भानुभक्त ढकाल कानुनमन्त्री बनेका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् ।

आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि कानुन मन्त्री पद खाली थयो ।

यस्तै राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *