नेपाली फुटवल टोलीका प्रशिक्षक कोजीमाथि नेपाल प्रवेशसमा प्रतिबन्ध, कारण यस्तो छ
काठमाडौं । नेपालको अध्यागमन विभागले मुख्य प्रशिक्षक योतुकी कोजीमाथि एक वर्षसम्म नेपाल भ्रमणको प्रतिबन्ध लगाएको छ ।
टुरिस्ट भिसामा नेपालमा बसोबास गर्दै आइरहेका प्रशिक्षक कोजीले नौ दिनभन्दा बढी ‘ओभर स्टे’ गरेकोे भन्दै अध्यागमन विभागले नेपाल प्रवेशमा रोक लगाएको हो ।
उनलाई नेपालको अध्यागमन विभागले बुधवारबाटै नेपाल प्रवेशमा रोक लगाएको थियो । प्रशिक्षक कोजी नेपालमा वर्क परमिट नलिइ टुरिष्ट भिसामा बसेका थिए ।
अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले प्रशिक्षक कोजीलाई नेपालमा रहँदा भिसाको कुनै पनि प्रकृया नगरेको पाइएको छ ।
कोजीले वर्कपरमिट बिना नेपाली टिमलाई प्रशिक्षण दिँदै आइरहेका थिए । प्रशिक्षक कोजीमाथि अध्यागमन विभागको प्रमुख इश्वरराज पौडेलले चाँडै कार्वाही गर्ने बताएका छन् । साथै, उनले कोजीलाई एक वर्षसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइने पनि बताए ।
यता, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुधवारबाट मात्र कोजीको भिसाको प्रकृया थालेको पनि अध्यागमन विभागले जानकारी दिएको छ । कोजीलाई वर्कपरमिट दिलाउनका लागि एन्फाले पहल गरिसकेको बताइएको छ ।
सन् २०१६ देखि राष्ट्रिय टिम सम्हालेयता कोजीको नेतृत्वमा नेपालले एएफसी सोलिडारीटी कपको उपाधि जितेको थियो ।
दुई वर्षसम्म नेपाली टिमलाई प्रशिक्षण दिँदै आइरहेका कोजीले आसन्न ‘एशियाड’मा पनि प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने एन्फाले जानकारी दिएको छ । कोजी टुरिस्ट भिसामा सन् २०१९ जनवरीसम्म नेपाल आउने पाउने छैनन् ।
Facebook Comment