इटालियन क्लव गएपछि रोनाल्डोले गरे रियल मड्रिडको इंन्टाग्राम अकाउन्ट ‘अनफलो’

डिसी नेपाल
१९ साउन २०७५ १५:३९

एजेन्सी । गत सिजन सकिएपछि रियल मड्रिड छाडेर इटालियन क्लव युभेन्ट्स गएका फुटबलर क्रिस्टियानो रोनाल्डोले रियलको इन्टाग्राम अकाउन्ट समेत ‘अनफलो’ गरेका छन् ।

मड्रिड प्रमुख फ्लोरेन्टिनो पेरेजसगँको निजी विवादपछि रियल छाडेका रोनाल्डोले किन आफ्नै पूर्व क्लब प्रति यति असन्तुष्टी पोखेका होलान चासोको बिषय बनेको छ ।

रोनाल्डोले आफूलाई कर छलीको आरोप लागेका बेला रियलले कुनै सहयोग नगरेकोमा असन्तुष्टि व्यक्त गर्दै आएका थिए । रोनाल्डोले नयाँ सम्झौतामा रकम बढाउनुपर्ने समेत माग राखेका थिए ।

तर, रोनाल्डोको प्रदर्शनमा खासै चित्त नबुझाउका रियलका प्रमुख पेरेजले रोनाल्डोको उमेर पनि ३३ पुगेकाले माग पुरा नहुने जवाफ दिए पछि रोनाल्डो मड्रिड छाड्न बाध्य भएका थिए ।

उनी त्यसपछि एक सय मिलियन युरोमा चार वर्षका लागि युभेन्टे्समा अनुबन्ध भए । पेरेजसँगको असन्तुष्टि रोनाल्डोले इन्स्टा अकाउन्ट अनफलो गरि पोखेको विश्लेषण हुन थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *