काठमाडौंबाट प्रकाण्ड प्रकाउ, अब विप्लवलाई प्रकाउ गर्न देशभर प्रहरी परिचालन

डिसी नेपाल
२३ साउन २०७५ १२:३३

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले काठमाडौंबाट प्रकाउ गरेको छ।

नेकपामा विप्लव पछिको बरियतामा रहेका नेता ‘प्रकाण्ड’लाई प्रहरीले थानकोटबाट प्रकाउ गरेको हो । प्रकाण्डसँगै उनका स्वकिय सचिव मनबहादुर श्रेष्ठ र चालक हरिशचन्द्र आचार्य पनि पक्राउ परेका छन्।

तत्कालीन माओवादी पार्टीका पोलिटब्युरो सदस्य समेत रहेका विश्वकर्मा पूर्वमन्त्री समेत हुन्। प्रकाण्डमाथि झुटा मुद्धालगाएर जेल पठाउने प्रशासनको तयारी छ।विप्लव नेतृतवको नेकपाका नेताहरुले विना कारण गिरफ्तार गरिएको भन्दै रिहाईको माग गरेका छन्।

विप्लवमाथि उदयरपुर जिल्ला अदालतले प्रकाउ पुर्जी जारी गरेपछि उनी हाल भुमिगत छन्। विस्फोटक पदार्थ ओसारपोसार तथा गत निर्वाचनमा बम बिस्फोट गरेको भन्दै विप्लवलाई जेल हाल्ने रणनीति सरकारले बनाएको छ।

विप्लवलाई समातिए युद्धको घोषणा हुने विप्लव कार्यकर्ता हर बताउछन्। सरकारले देशभरीनै विप्लवलाई प्रकाउ गर्न प्रहरी परिचालन गरेको सुरक्षा स्रोतले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *