भारतको सुखद् शुरुवात, श्रीलंकामाथि एक दर्जन गोल

डिसी नेपाल
२४ साउन २०७५ १५:५२

थिम्पु, भुटान । महिला साफ च्याम्पियनशिपको साविक उपविजेता भारतले श्रीलंकालाई एक दर्जन गोल गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको छ।

थिम्पुको चाङली मिथाङ रंगशालामा आजदेखि शुरु भएको १५ वर्षमुनिको उद्घाटन खेलमा भारतले श्रीलंकालाई १२-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो।

भारतले खेलको पहिलो हाफमा ६ गोल ग-यो भने दोस्रो हाफमा पनि ६ गोल नै थप्यो। भारतका लागि कप्तान सिल्की देवीले ह्याट्रिक पूरा गरिन्।

उनले खेल शुरुवाती पहिलो मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाइन् । त्यस्तै उनले खेलको २० र ४४औँ मिनेटमा दुई गोल थपिन्।

त्यसैगरी भारतकी अभिका सिंह, सुनिता मुण्डा र अञ्जुले दुई दुई गोल गरे। अभिकाले खेलको १४ र ५९ औँ मिनेटमा गोल गरिन् भने सुनिताले खेलको ४२ र ७९ तथा अञ्जुले खेलको ८७ र ८९औँ मिनेटमा गोल गरिन्।

त्यसैगरी भारतकी अर्की खेलाडी लेण्डा कोमले खेलको ६ मिनेटमा गोल गरिन् भने खेलको ४७ मिनेटमा कृतिना देवी र खेलको ७२औँ मिनेटमा किरणले एक एक गोल थपे। श्रीलंकाले खेलको ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई समेत सदुपयोग गर्न सकेन। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *