विप्लवका दुई कार्यकर्ता प्रकाउ

डिसी नेपाल
२५ साउन २०७५ १६:१६

रोल्पा । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा कोणसभा गर्न लाग्दा प्रहरीले विप्लवका रोल्पाका दुई कार्यकर्ता घर्तीगाउँबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सो पार्टीका जिल्ला कमिटी सदस्य दिनेश वली र सूर्य खड्का रहेको बताइएको छ । उनीहरुसँगै नेपाली काँग्रेसका क्षेत्रीय सभापति गोपाल घर्तीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । विरोध कार्यक्रम हेर्न पुगको क्षेत्रीय सभापति घर्तीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यक्रम नगर्न पटक पटक गरिएको अनुरोधलाई अटेर गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आफ्ना जिल्लास्तरीय दुई कार्यकर्ता पक्राउ परेको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी सन्तोष सुवेदीले पुष्टि गरेका छन् । पछिल्लो समय देशव्यापी रुपमानै विप्लवमाथि सरकारले धरपकड बढाएको छ।

विप्लवलाई राजनीतिक रुपमा समस्या हल गर्नुभन्दा सरकारले दमनको बाटो अपनाएको भन्दै यसले समाधान नदिने टिप्पणी हुन थालेको छ । सरकार किन विप्लवलाई सिद्ध्याउने खेलमा लाग्यो भन्ने प्रश्न समेत उठन् थालेको विश्लेषकहरुले टिप्पणी गर्न थालेका छन्। विप्लवमाथिको धरपकडबाट सरकार उक्तपार्टी प्रति डराएको भन्ने आँकलन हुन थालेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *