काँग्रेस नेता राणाको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

डिसी नेपाल
२६ साउन २०७५ २३:४९

काठमाडौं । नेपाली काँग्रेसका नेता भरत शम्शेर राणाको शनिबार भारतको कोलकोतामा निधन भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं राजनीतिक परिवर्तनका वाहक राणाको निधनले मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

सभापति देउवाले लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व राणाले पुर्याएको योगदान इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन् ।

सभापति देउवाले स्व राणाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *