पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सपथग्रहणमा भारतीय क्रिकेट सिद्धुलाई निम्तो

डिसी नेपाल
२७ साउन २०७५ १०:०७

एजेन्सी – पाकिस्तानका प्रधानमन्त्रीमा इमरान खानको सपथग्रहण समारोहमा भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु सहभागी हुने भएका छन् । पन्जाब प्रान्तका मन्त्री समेत रहेका सिद्धुलाई खानले टेलिफोन गरी सपथग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेको समाचारमा जनइएको छ ।

अगष्ट २ तारिखमा सिद्धुले गरेको समर्थनप्रति इमरान खानले धन्यवाद समेत दिएका छन् ।यहीबीच, सिद्धुले भारतको गृह मन्त्रालय र पन्जाबका मुख्यमन्त्रीलाई यस बारेमा जानकारी दिइसकेका छन् । अगष्ट १८ का दिन इमरान खानले इस्लामावादस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *