प्रदेशसभाको बैठक सोमबार

डिसी नेपाल
२७ साउन २०७५ १०:११

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभा बैठक सोमबार बस्ने भएको छ । यही साउन ४ गतेदेखि प्रदेशसभाको बैठक प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले डा गोविन्द केसीले उठाएका विषय र सभामुख तथा उपसभामुख फरक दलको हुनुपर्नेलगायतका माग राखेपछि स्थगन भएको थियो ।

प्रदेशसभाको आज बस्ने कार्यव्यवस्था समितिको बैठकमा सोमबारको बैठकमा पेश गरिने केही विधेयक र मुख्यमन्त्री कार्यालयबाट आएको सार्वजनिक निर्णयको कार्यसूचीबारे छलफल हुने प्रदेश सचिवालयका उपसचिव मोहन निरौलाले जानकारी दिए । -रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *