३ नेपाली खेलाडी आइसीसीको एकदिवसीय बरियतामा समावेश

डिसी नेपाल
२८ साउन २०७५ १२:४६

काठमाडौं। ३ नेपाली क्रिकेट खेलाडी आइसीसीको एकदिवसीय बरियतामा समावेश भएका छन् । यसअघि टि-२० अन्तराष्ट्रिय बरियतामा नेपालका ४ खेलाडी समावेश भएका थिए ।

नेपालका युवा बलर सन्दिप लामिछानेसँगै उपकप्तान ज्ञानेन्द्र मल्ल र बलिङ अलराउण्डर सोमपाल कामी आइसीसीको बरियतामा परेका हुन् । नेपालको टिम बरियतामा समावेश हुन भने अझै २ खेल खेल्नुपर्नेछ ।

वरियतामा बलिङमा सन्दीप लामिछाने साथै ब्याटिङमा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल समावेश भएका छन् । बलिङमा सन्दीप २१७ औं स्थानमा छन् । ब्याटिङमा सोमपाल २२९ औँ र ज्ञानेन्द्र २३६ औं स्थानमा समावेश छन् । नेदरल्याण्ड्ससँगको एकदिवसीयका आधारमा नेपाली खेलाडीहरुलाई वरियतामा समावेश गरिएको आईसीसीले जनाएको छ ।

नेदरल्याण्ड्ससँग दुईवटा मात्रै एकदिवसीय खेल खेलेको नेपाल टिम वरियता अब दुई खेलपछि मात्रै समावेश हुने भएपनि खेलाडीलाई अहिले नै वरियतामा समावेश गरिएको हो । केही दिनअघि आएको टी–ट्वान्टी वरियतामा पनि ब्याटिङमा नेपालका पारस खड्का र शरद भेषावकर साथै बलिङमा बसन्त रेग्मी र सोमपाल कामी समावेश भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *