विवादमा घेरिए फुटबलर मोहम्मद सलाह
काठमाडौं । लिभरपुलले आफ्ना स्ट्राइकर मोहम्मद सलाहको विवादास्पद भिडियो सार्वजनिक भएको छ । सलाहले सवारी चलाइरहेको समयमा मोबाइलमा कुरा गरेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार प्रहरीले सलाह सम्बन्धित विभागको सडकछेउबाट मोबाइलमा कुरा गर्दै सवारी चलाउँदै गएको पुष्टि गरेको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक भएको एक भिडियोमा अघिल्लो सिजनमा लिभरपुलका लागि ४४ गोल गरेका सलाह फोनमा कुरा गर्दै कार चलाइरहेको देखिएका थिए । उक्त कारहरु उनका फ्यानहरु तथा बालबालिहरुले घेरिएको थियो । तर यसबारे सलाहले अहिले सम्म केही बोलेका छैनन् ।यस विषयमा इजिप्टमा पनि आन्तरिक तथा अन्तर्राष्ट्रियरुपमा छलफल सुरु भएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया
Facebook Comment