बलात्कारीलाई कारवाही र जथाभावी कर नियन्त्रण गर्न माग

डिसी नेपाल
२९ साउन २०७५ १२:३७

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय देशभर बलात्कारका घटना बढ्दै गएको र दोषीमाथि कारवाही नभएकोमा चिन्ता व्यक्त गर्दै उनीहरुले विद्यमान कानूनले मात्रै बलात्कारीलाई कारवाही हुन नसकेकाले थप कडा कानून ल्याउन आग्रह गरेका हुन।

सांसद अनिता देवकोटाले देशको शान्ति सुरक्षामा व्यवधान खडा भएको, बलात्कारजन्य घटना बढ्दो क्रममा रहेको भन्दै महिलाको बाँच्न पाउने अधिकारको हक सुरक्षित गरी त्यस्ता मुद्दाको छिटो निरोपण हुनेगरी टुङ्ग्याउ सरकारको ध्यानाकर्षण गराए।

सांसद बलरामप्रसाद बाँस्कोटाले कञ्चनपुरलगायत स्थानमा भएका बलात्कारका घटनामा दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरे । सांसद राजकुमार कुँवरले विभिन्न परिवर्तनकामी आन्दोलनका क्रममा घाइते, अङ्गभङ्ग भई घरबारविहीनलाई औषधोपचार तथा आर्थिक सहायताका लागि राज्यले विषेश ध्यान दिनुपर्नेमा जोड दिए।

सांसद विन्दादेवी आलेले विभिन्न क्षेत्रमा लगाइएको करले जनतालाई थप पीडाबोध गराएको भन्दै सङ्घीय संरचनमा स्थानीय सरकारले कर उठाउन पाउने व्यवस्था भए पनि मनलाग्दो कर जथाभावी उठाउन नपाइँने माग राखिन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *