राष्ट्रियसभा समितिको निर्वाचन भदौ १३ मा

डिसी नेपाल
३१ साउन २०७५ ८:०६

काठमाडौँ ।  राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिए । राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन, विधायन व्यबस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् । -रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *