सन्दीप लामिछाने श्रीलंकामा राष्ट्रिय टोलीसँग नहुने

डिसी नेपाल
३ भदौ २०७५ २:४४

काठमाडौं । हाल वेस्ट इण्डिजमा रहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने राष्ट्रिय टोलीसँग श्रीलंकामा नहुने भएका छन्।

मलेसियामा अगष्ट अन्तिममा हुने एसिया कप छनौटको अभ्यास खेलका लागि नेपाली राष्ट्रिय टोली सोमबार श्रीलंका जादैछ।

अभ्यास खेलसँगै एसिया कपका लागि शनिबार सन्दीप सहितको नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको थियो।

वेस्टइण्डिजको घरेलु क्रिकेट प्रतियोगिता क्यारेबियन प्रिमियर लिग(सीपीएल) खेलिरहेका सन्दीप भने श्रीलंकामा हुने तीनवटा अभ्यास खेलमा नेपाली टोलीसँग नहुने भएका छन्।

श्रीलंकामा नेपालले तीनवटा अभ्यास खेल खेल्दैछ। पहिलो अभ्यास खेल अगष्ट २२ मा स्थानिय आर्मी क्लब, दोस्रो अगष्ट २४ मा ब्रुलुमफिल्ड र तेस्रो अगट २६ मा कोट्ससँग नेपालको खेल छ।

यी तीनवटै खेलमा सन्दीप उपलब्ध हुने छैनन्। नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाट मलेसिया प्रस्थान गर्नेछ।

सन्दीप सोझै वेस्टइण्डिजबाट मलेसिया आउने कार्यक्रम रहेको नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले बताए। उनी अगस्ट २७ वा २८ तारिखमा मलेसिया पुग्नेछन्।

सन्दीपले सीपीएलको तीन खेलमा ५ विकेट लिइसकेका छन्। यसअघि उनले पहिलो खेलमा गुयना अमेजोन वारियर्स्विरुद्ध ४ ओभरमा १२ रनमात्रै खर्चेर दुई तथा दोस्रो खेलमा तिर्नबागो नाइट राइडर्स्विरुद्ध ३ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर १ विकेट लिएका थिए भने तेस्रो खेलमा जमाइका तल्लावाजविरुद्ध ४ ओभरको स्पेलमा २१ रन खर्चेर २ विकेट लिए।

अगस्ट २८ देखि मलेसियामा सुरु हुने एसियाकप छनोट प्रतियोगितामा नेपालसहित मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईबीच सामना हुनेछ।

नेपालले शीर्ष स्थान हासिल गरे भारत र पाकिस्तानको सिनियर टोलीसँग खेल्न पाउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *