पोग्बाका विषयमा यूनाइटेड र बार्सिलोनाबीच भयो सहमती

डिसी नेपाल
३ भदौ २०७५ २:५६

एजेन्सीं– म्यानचेस्टर यूनाइटेडका प्रशिक्षक जोसे माउरिन्होसँग सम्बन्ध विग्रेपछि स्टार खेलाडी पाउल पोग्बाले यसअघि नै बार्सिलोना जाने इच्छा व्यक्त गरिसकेका थिए।

उनीहरुले पछिल्लो समय एकअर्का विरुद्ध सार्वजनिक रुपमै प्रतिक्रिया दिन थालेपछि सम्बन्ध झन जटिल बन्दै गएको थियो।

प्रशिक्षक माउरिन्होले आफू पाउल पोग्बासँग खुशी नभएको प्रतिक्रिया दिएका थिए भने पोग्बाले अघिल्लो हप्ता प्रशिक्षकलाई आफूसँग कुरा गर्ने भए आफ्नो एजेन्ट मार्फत आउन भनेका थिए।

पोग्बाले प्रिमियर लिगको यस सिजनको सुरुवात गत शुक्रबार लिसेस्टर सिटीविरुद्ध गोल गर्दै गरेका थिए। त्यसपछि प्रतिक्रिया दिदै माउरिन्होले भनेका थिए, ‘उनले राम्रो खेले। म उनीभन्दा यो भन्दा बढी अपेक्षा राख्दिन्। बाहिर मुख खोल्दा विचार पुर्याउनुपर्छ।’

प्रशिक्षक र पोग्बाबीचको कटुटापूर्ण सम्बन्धका बीच मौकामा चौका हान्न बार्सिलोनाले पोग्बाका लागि यूनाइटेडलाई प्रस्ताव राखेको थियो। तर, यूनाइटेडले भने उनलाई नबेच्ने जवाफ फर्काएको थियो।

बार्सिलोनाले यूनाइटेडले पोग्बालाई नबेच्ने जवाफलाई स्वीकारेको छ। यस ट्रान्सफर सिजनमा अब बार्सिलोनाले पोग्बाका लागि कुनै प्रस्ताव नगर्ने सहमती दुबै क्लबका बीच भएको छ।

८९ मिलियन पाउन्डमा यूनाइडेट आएका स्टार पोग्बाको पाँच वर्षे सम्झौता अझै तीन वर्ष बाँकी छ। उनी यूनाइटेडमा हप्ताको २ लाख ९० हजार पाउण्ड तलब बुझ्ने गर्छन्।

तर, पोग्बा र प्रशिक्षक माउरिन्होबीच सम्बन्ध नसुध्रिए यूनाइटेडले आगामी जनवरी ट्रान्सफरमा भने पोग्बालाई बेच्ने सक्ने समाचारमाध्यमहरुले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *