बलिउडका चर्चित अभिनेता बोमन इरानी गम्भीर बिरामी

डिसी नेपाल
५ भदौ २०७५ १०:००

मुम्बइ। फिल्म ‘थ्री इडियट्स’मा वीरु सहस्रबुद्धि (भाइरस), ‘मुन्ना भाइ एमबीबीएस’मा डा. अस्थाना लगायत कैयौं सुरपरहिट फिल्ममा प्रशंशायोग्य काम गरेर चर्चा कमाएका बलिउड अभिनेता बोमन इरानी गम्भीर बिरामी परेको खबर छ । उनी अहिले हिँडडुल गर्नसकेत नसक्ने अवस्थामा पुगेका छन् । बोमनले आफैं आफू बिरामी परेकोबारे जानकारी गराएका हुन् । उनले आफ्नो स्वास्थ्य अवस्थाबारे बताउँदै ट्वीटरमा २ फोटो सार्वजनिक गरेका छन् ।

बोमनले हालै हैदराबाद विमानस्थलको एक फोटो शेयर गरे जसमा उनी हातमा टेक्ने लौरो लिएर ह्वीलचेयरमा बसेका छन् । उनले आफू हैदराबादबाट फर्कन लागेको उल्लेख गर्दै जेट एयरवेजका हुसैन र श्रीनिवासलाई आभार व्यक्त गरेका छन् । यसको केही घण्टा पहिले उनले अर्को फोटो पनि शेयर गरेका थिए । क्याप्सनमा उनले लेखेका थिए ‘लामो समयपछि फ्लाइटमा सफर गरें । आत्मविश्वास पाएँ । जेट एयरवेजकी महिलाहरु माया अनामिका, एलिजाबेथका साथमा जयश, सचिन र गणेशप्रति आभार ।’

बोमनको यो ट्वीटपछि बोमनका फ्यानले उनको समस्याबारे सोधेपछि बोमनले आफू स्लिप डिस्कको समस्याबाट पीडित भएको र हिँडडुल गर्नसमेत नसक्ने भएको बताएका छन् । बोमनले आफू बिरामी भएको सार्वजनिक गरेसँगै फ्यानले उनको स्वास्थ्यलाभको कामना गरेका छन् । बोमन पहिले रेष्टुरेण्टमा वेटर थिए । त्यसपछि उनले १४ वर्ष पारिवारिक व्यापार गरेका थिए । १८८७ मा फोटोग्राफी सुरु गरे ।

बोमनले ४२ वर्षको उमेर भइसकेपछि मात्र अभिनयमा आएका हुन् । २००३ को फिल्म मुन्ना भाइ एमबीबीएस उनको डेब्यू फिल्म थियो तर यो फिल्मको डा. अस्थानाको रोलले उनी बलिउडमा निकै लोकप्रिय भए । यसपछि उनले एकपछि अर्को गर्दै निकै प्रभावकारी भूमिका निभाउँदै गए । उनी सबैभन्दा धेरै लोकप्रिय भने थ्री इडियट्सको भाइरसको भूमिकाबाट भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *