‘मुलुक आर्थिक विकासको चरणमा छ’

डिसी नेपाल
६ भदौ २०७५ १:२१

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुलुक सङ्घीय संरचना थालनीको चरणमा रहेकाले नयाँ–नयाँ समस्या सृजना हुनु स्वभाविक भएको बताएका छन् ।

काठमाडौँ स्कूल अफ लद्वारा मंगलबार यहाँ आयोजित ‘काठमाडौँ डाइलग’को उद्घाटन समारोहमा उनले सरकारले यस हप्ता मात्रै मुलुकी देवानी तथा फौज्दारी संहितासहित पाँच वटा नयाँ ऐन कार्यान्वयनमा ल्याएकाले यसमा केही समस्या हुन सक्ने बताए ।

उपप्रधानमन्त्री पोखरेलले संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता जस्ता महत्वपूर्ण पक्षलाई व्यवस्थित गर्न सरकार लागिपरेको उल्लेख गर्दै सङ्घीयताको संस्थागत र संरचनागत विकास हुन थालेको बताए।

उनले भने, ‘अब देशभरका स्थानीय निकाय सञ्चालनका लागि कुनै पनि कानूनी अड्चन छैन, क्रमशः निर्बाध रुपमा काम हुनेछ, अबको चरण आर्थिक विकासको चरण हुनेछ ।’

सरकारले ‘सम्मृद्ध नेपाल .: सुखी नेपाली’ बनाउने अभियानमा छिमेकी मुलुकको साथ र सहयोगको अपेक्षा गरिएको बताउँदै उनले अन्तर्राष्ट्रिय सुरक्षा नीतिका लागि परम्परागत प्रणालीका साथै मानवीय सुरक्षा, गरिबी निवारण, विपत् व्यवस्थापनसँग कसरी जुध्ने भन्ने सन्दर्भमा सम्मेलनले सुझाव दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा दक्षिण एशियाली राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, मित्रराष्ट्र चीन र युगाण्डाका युवाबीच अनुभव, ज्ञान र भावना आदान प्रदान हुनेछ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *