पहिलो अभ्यास खेलमा नेपालको जीत, श्रीलंका ६७ रनले पराजित
काठमाडौं । एसीसी एशिया कप छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले पहिलो खेलमा जित निकालेको छ । नेपालले श्रीलंकाको आर्मी टिमलाई ६७ रनले हराएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभर चार बलमा एक सय ९४ रनमा अलआउट भयो । नियमित कप्तान पारस खड्का विना नै मैदानमा उत्रिएको नेपालको सुरुवात राम्रो हुन सके।
३० रन हुदा दुई विकेट गुमाएको नेपालका लागि आरिफ शेखले अविजीत ८९ रन बनाए । यस्तै आजको खेलका कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउदा रोहित पौडेलले १२ रन जोडे ।
जवाफमा आर्मी टिम ३६ ओभर एक बलमा एक सय २७ रनमा अलआउट भयो । आर्मीका लागि जगथ राजापाक्षले सर्वाधिक ४६ रन बनाउदा लहरी चामाराले २६ र प्रदिप रथनायकेले १८ रनको योगदान गरे ।
बाकि खेलाडी एकोहोरो रुपमा पेभेलियन फर्किए । बलिङ तर्फ नेपालका सोमपाल कामी र बसन्त रेग्मीले तीन तीन विकेट लिए भने दिपेन्द्र ऐरीले दुई र ललित भण्डारी तथा ललित राजवंशीले एक एक विकेट हात पारे ।
Facebook Comment